भाद्र २४, जनकपुर / साजन कुमार। आज देशभर भइरहेको जेनजी आन्दोलनको क्रममा एकजना घाइते भएका छन्।
घाइते हुनेमा सर्लाही क्याम्पसका सभापति सुजित कुमार यादव रहेका छन्। सर्लाहीको सदरमुकाम मलंगवामा भएको जेनजीको आन्दोलनको क्रममा घाइते भएका छन्।
उनको टाउको र कम्मरमा गम्भीर चोट लागेको छ। भने उनको उपचार जनकपुरधाम स्थित जानकी हेल्थ केयरमा भइरहेको छ।





