जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा चौधरी र डा.राउत नियुक्त

|

असार १७, काठमाडाैं । जनमत पार्टीले संगठन सुदृढीकरण तथा नेतृत्व सन्तुलनकाे उद्देश्यले दुई जना नेताहरूलाई पार्टीको राष्ट्रिय उपाध्यक्षमा नियुक्त गरेको छ।

पार्टीको स्थायी समितिको निर्णयअनुसार कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका नेता दानबहादुर चौधरी र सप्तरीको महादेवा गाउँपालिकाका वैज्ञानिक तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरिएको पार्टी उपाध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिए।

चौधरी र राउतलाई पार्टीमा लामो समयदेखिको योगदान, जनस्तरमा प्रभाव, र राजनीतिक अनुभवका आधारमा यो जिम्मेवारी दिइएको जनाइएको छ।

वरिष्ठ नेता चौधरीले आफ्नो राजनीतिक यात्रा २०३९ सालमा गाउँको प्रधानपञ्चबाट सुरु गरेका थिए। उनी २०५६ मा एमालेका तर्फबाट कपिलवस्तु–१ बाट सांसद निर्वाचित भएका थिए भने २०६४ मा तमलोपा (तराई मधेस लोकतान्त्रिक पार्टी)बाट संविधानसभा सदस्य बनेका थिए। साथै, उनले उद्योग, सामान्य प्रशासन तथा महिला, बालबालिका र समाज कल्याण मन्त्रालयका राज्यमन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालेका थिए।

यस बाहेक, उपाध्यक्षमा मनोनयन गरिएका डा. राउत पार्टीका राष्ट्रिय परिषद् संयोजकसमेत हुन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहिसकेका छन् र पार्टीको संगठन निर्माणमा प्रभावकारी भूमिका खेल्दै आएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित