गैर आवासीय मधेशी संघ मलेसियाको पाचौं महाधिवेशन सम्पन्न

|

जेष्ठ २६, मलेसिया। गैर आवासीय मधेशी संघ (NRMA) मलेशियाको पाचौं महाधिवेशन भर्चुअल जुम माध्यमबाट अत्यन्तै भव्यता र सफलताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशन मलेसिया इन्चार्ज कपलेश्वर यादवको संयोजकत्वमा सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए। प्रमुख अतिथिको रूपमा डा. जयकान्त राउत, जनमत पार्टीका संगठन प्रमुख उपस्थित रहनुभएको थियो। उहाँले नयाँ कार्यसमितिको घोषणा गर्दै संस्थालाई अझ सशक्त र समावेशी बनाउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष डा. श्याम बाबू महतो, बरिष्ठ उपाध्यक्ष ई. धिरज साह, पूर्वअध्यक्ष सम्भु साह, NRMA हेल्प डेस्क संयोजक सुरेन्द्र भण्डारी, साउदी अरबका पूर्वअध्यक्ष बुधेस्वर महरा, कुवेतका अन्तर्राष्ट्रिय सल्लाहकार ओमप्रकाश मण्डल, लगायतका विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थितिले कार्यक्रमको भव्यता अझ बढाएको थियो।

गैर आवासीय मधेशी संघले हाल ४४ वटा देशमा आफ्नो संगठन विस्तार गरिसकेको छ। “प्रदेशमा मधेशीको साथी” भन्ने नाराका साथ विश्वभर रहेका मधेशीहरूलाई एकसूत्रमा बाँध्ने प्रयास गर्दै आएको संघले विभिन्न देशहरूमा हेल्प डेस्क, सांस्कृतिक कार्यक्रम, आपतकालीन राहत सेवा, कानुनी सहायता जस्ता गतिविधि सञ्चालन गर्दै आएको छ।

संघका अन्तर्राष्ट्रिय अध्यक्ष डा. श्याम बाबू महतोले संगठनलाई अब राजनीतिक सजगता, शिक्षा, रोजगारी र सामाजिक न्यायका सवालमा अझ सशक्त बनाउने घोषणा गरे।

कार्यक्रमको अन्त्यमा नव-निर्वाचित अध्यक्ष महेश्वर प्रसाद यादवले सम्पूर्ण उपस्थित अतिथिहरू, कार्यकर्ताहरू र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै, “यो संगठन मधेशीहरूको आवाज हो। हामी विदेशमा भए पनि हाम्रा मुद्दा, पहिचान र संस्कृतिका लागि अझ धेरै योगदान दिनेछौं,” भन्ने दृढता व्यक्त गरे।

चर्चित समाचार


भर्खरै प्रकाशित