जेष्ठ २४ ,डेस्क। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा सजग र सुरक्षित रहन सबैलाई आग्रह गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले बाढीपहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले सजग रहन र सुरक्षित उपाय अपनाउन आग्रह गरेका छन्।
‘वर्षायाममा बाढीपहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ। विपद्बाट बच्न हर समय सजगता चाहिन्छ,’ उनले भने, ‘यससम्बन्धी सूचना प्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ। सजग बनौँ, सुरक्षित रहौँ।’






