विदेश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

|

जेष्ठ १८, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–५ घर भएका २७ वर्षीय अशोककुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

अशोकले कुवेत पठाइदिन्छु भन्दै एक पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित