जेष्ठ १४,बुटवल। बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल तथा उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।
उनीहरूमाथि घरेलु हतियार हेम्बर र चक्कु प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा दीपाका पूर्वपति सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ । कोइरालाले उनीहरूलाई बुधबार घरमा बोलाएका बताइएको छ ।
कोइरालाले आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगेका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।





