रतौली युवा क्लव द्धारा स्वास्थ्य सामाग्री वितरण

|

बैशाख २५, महोत्तरी / साजन कुमार। रतौली युवा क्लव (RYC) ले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

RYC को सहजीकरण, सेभ द चिल्ड्रेनको सहयोग र जलेश्वर नगरपालिकाको समन्वयमा संचालित ‘समुन्नति कार्यक्रम’ अन्तरगत केही सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री वितरण गरेको जनाएको छ।

क्लवले जलेश्वर नगरपालिका अन्तरगतको स्वास्थ्य सँस्था तथा बर्थिङ्ग सेन्टरलाई ग्रामिण अल्ट्रासाउण्ड उपकरण औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रि शत्रुधन प्रसाद सिंहको प्रमुख अतिथ्यतामा क्लवले ग्रामिण महिला तथा किशोरीहरुलाई गुणस्तरीय, भरपर्दो र सुरक्षित सेवा प्रवाह गर्न सहयोग गरेको क्लवका अध्यक्ष बैधनाथ चौधरीले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित