फोटो पत्रकारिताको विकासमा राज्यले ध्यान दिनुपर्छ: सभामुख

|

वैशाख १३, काठमाडौँ । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फोटो पत्रकारहरूको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरू हटाएर अघि बढाउन जरुरी रहेको बताए । उनले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने कुरा नै फोटो पत्रकारिता भएको बताए ।

सभामुख घिमिरेले पत्रकारिताको महत्त्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चाद् मात्रै उपयोग गरिएको बताए । मिडियाको महत्त्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्त्व बुझ्ने ठाउँमा आइपुगेको बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित