मुसहर समुदाय कृषक समुह तथा लघु उद्यम कार्यक्रमहरुलाई मुख्यमन्त्री सिंह द्वारा अनुगमन

|

चैत्र ३१,महोत्तरी/साजन कुमार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुसहर तथा दलित समुदायको आर्थिक उन्नतीका लागी सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लवको सहजीकरणमा कार्यान्वयन गरिएको कृषक समुह तथा लघु उद्यमको अनुगमन गर्नु भएको छ ।

मुख्यमन्त्री सिंहले रतौली युवा क्लवको सहजीकरणमा महोत्तरीको पिपरा गाउँपालिका ०६ मा संचालित समुन्नति कार्यक्रम अन्तरगतको जीविकोपार्जन कार्यक्रममा संचालित श्री राम जानकी कृषक समुह तथा फुलझार किराना पसलको अवलोकन तथा भ्रमण गर्नु भएको हो ।

अवलोकनको क्रममा त्याहाँका स्थानिय मुसहर दलित बस्तीको वासिन्दाहरुसँग पनि भेटघाट गर्नु भएको छ । भेटघाटमा उनीहरुले भोगी रहेको पिडा तथा उनिहरु संग गरेको विभेदको बारेमा पनि बुझ्नु भयो । छलफलको क्रममा अधिकांश बच्चा बिद्यालय भर्ना भएपनि टिकाउ दरमा बृद्धिको लागी अझै काम गर्न सुझाव दिनुभयो । धेरैले अहिले सम्म नागरिकता नपाएको गुनासो पोखे ।

नेपाल सरकारको नीतिमा निजी विद्यालयमा समेत गरिब, दलित तथा पछाडी पारिएका जेहेन्दार बिधार्थीहरुको लागी १० प्रतिशत छात्रबृति प्रदान गर्ने प्रावधान रहेपनि उक्त प्रावधान कार्यान्वयनमा नरहेको र हामी जस्ता मुसहर र दलित समुदायका बालबालिकाहरु लाभान्वित नभएको गुनासो उक्त समुदायका बालबालिकाहरुले राखे ।

पिपरा गाउँपालिकालाई रतौली युवा क्लवले सय प्रतिशत बिद्यालय भर्ना गराएको तथा बिधार्थीको टिकाउ दरमा सुधार ल्याउन गरिएको क्रियाकलापका लागी क्लबको प्रतिनिधिलाई मुख्यमन्त्री सिंहले धन्यवाद समेत दिए ।

उनीहरुको समस्या छिटो भन्दा छिटो समाधान गर्न स्थानिय जनप्रतिनिधिलाई आदेश दिदै समयमा समस्या समाधान नभए आफुद्वारा नै पहल हुने जानकारी दिए ।

कार्यकममा मधेश प्रदेशका मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, रतौली युवा क्लवको कार्यकारी निर्देशक, क्लबका अन्य प्रतिनिधिहरु तथा सेभ द चिल्ड्रेनका प्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित