चैत्र १४, डेस्क। प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नसक्ने बताएका छन्।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षको अडान र प्रधानमन्त्री जवाफ दिन तयार नभएकाले बुधवारदेखि अवरुद्ध संसद् बैठक अझै चल्न सकेको छैन ।
बिहीबार दुई पटक स्थगित भएको प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई निर्धारण गरिएको थियो । तर बिहीबार ११ बजेको बैठक पनि बस्न नसकेपछि दिउँसो २ बजेलाई सारिएको थियो । डेढ घण्टा बित्दा समेत २ बजेका लागि तय भएको बैठक अझै बस्न सकेको छैन ।






