चैत ०३,जनकपुरधाम । जनकपुरमा होली खेल्ने क्रममा छुरा प्रहारबाट एक युवकको मृत्यु हुदा आज बिन्हीमा सडकमा सव राखी स्थानीय हरुले प्रदर्शन गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा छुरी प्रहारबाट हिजो स्थानीय पप्पु यादवका छोरा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो।
आँशुमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ।
छुरा प्रहार गर्ने धर्मेन्द्रलाई छुरासहित तत्कालै पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





