दुई वर्ष कैद तोकिएका पूर्व वडाध्यक्ष साह पक्राउ

|

फागुन २०,धनुषा। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् ।

प्रहरीले लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो ।

पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा धर्मेन्द्रसँग पैसा लिएर नत जग्गा नै दिए नत पैसानै । पछि धर्मेन्द्र शत्रुधनविरुद्ध अदालतमा मुद्दा दायर भए पछि अदालतले पक्राउ गर्न आदेश गरेको थियो । उनलाई आज अदालतमा पेस गरिँदैछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित