अपांगता भएका व्यक्तिहरूका लागि अधिकारसम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

|

फागुन १२,जनकपुरधाम। अपांगता भएका व्यक्तिहरूका अधिकार र उनीहरूको सशक्तीकरणका लागि निर्वाचित जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरू सम्मिलित प्रदेश स्तरीय कार्यशाला गोष्ठी जनकपुरस्थित वेलकम होटलमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता अपांगता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष रमा ढकालले गर्नुभएको थियो। प्रमुख अतिथि पकाहा मौनपुर गाउँपालिकाका प्रमुख सुरेश महतो रहनुभएको थियो। उहाँले अपांगता भएका व्यक्तिहरूका लागि आफ्नै नगरपालिकाबाट छुट्टै बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूको हकअधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

विशिष्ट अतिथिहरूका रूपमा जनकपुर उपमहानगरपालिकाकी उपमेयर किशोरी साह, चन्द्रपुर नगरपालिकाकी उपमेयर जयमला चौधरी, गुजरा नगरपालिकाकी उपमेयर रतण लामा, पकाहा मौनपुर गाउँपालिकाकी उपमेयर सरफु नेसा लगायतले अपांगता भएका व्यक्तिहरूका लागि प्रभावकारी नीतिहरू आवश्यक रहेको भन्दै गोष्ठीमा सम्बोधन गर्नुभयो।

कार्यक्रममा विभिन्न पालिकाका वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, महिला बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख, कोशिशका कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटा, कोशिशका कर्मचारी सुशेन नारायण जोशी, अपांगता भएका महिलाहरूको महासंघकी कर्मचारी आरोही श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

गोष्ठीको अवसरमा सहभागी व्यक्तित्वहरूलाई खादा ओढाएर स्वागत गरिएको थियो। स्वागत मन्तव्य कोशिशका कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाले दिनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र सभा अध्यक्षले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी राजेश साहले दिनुभएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित