सिराहा : टिपरमा पिकअप ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

|

फाल्गुण ११, डेस्क। सिराहामा सडकमा रोकी राखेको टिपरमा पिकअप ठक्कर खाई दुर्घटना हुँदा पिकअपका सहचालकको मृत्यु भएका छन्। पिकअप चालक गम्भीर घाइते भएका छन्।

सिराहाको मिर्चैया नगरपालिका–७ स्थित सडकमा रोकी राखेको प्र.२–०१–००१ ख ००३६ नम्बरको टिपरमा प्र.३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठक्कर खाई दुर्घटना हुँदा पिकअपका सहचालक सिन्धुली दुधौली नगरपालिका–१४ बस्ने २७ वर्षीय मिलन सुनारको मृत्यु भएको छ ।

आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मनोकामना अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकलाई थप उपचारका लागि विराटनगरतर्फ पठाइएको छ ।

हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित