माघ ३०, डेस्क । चन्द्रागिरिमा इनार खन्ने क्रममा पुरिएर एक जनाकाे मृत्यु भएकाे छ।
काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ टौखेल सालिक मार्गस्थित सुमित्रा शर्मा पौडेलको घरको कम्पाउन्डमा पानीकाे इनार खन्ने क्रममा पुरिएर सुनसरी इनरूवा गा.पा.५ घर हुने ४० वर्षीय लिडे उराउकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बाेहाेराका अनुसार माथिबाट माटो खसेर पुरिँदा अचेत अवस्थामा उद्धार गरी घाइतेलाई तत्काल उपचारको लागि सतुंगलस्थित नेपाल एपिएफ अस्पताल लगिएको थियो।
भने यस घटनाबारे थप अनुसन्धान भईरहेको छ ।





