माघ २५, डेस्क। बीपी राजमार्गको सिन्धुली–खुर्कोट सडकखण्ड अन्तर्गत सवारी दुर्घटना हुदा चालकको मृत्यु भएको छ । भने दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ स्थितमा सडकमा पनि बा.प्र.०१-०३० च ९६४२ नम्बरको इभी गाडी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर आज शुक्रबार बिहान दुर्घटना हुँदा चालक २६ वर्षिय सुशान्त नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।





