माघ २५, डेस्क । आवासीय चिकित्सकको माग समाधान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।
आज शुक्रबार प्रधानमन्त्री ओली १६ औं बैठक आकस्मिक रुपमा डाकेका हुन् ।
चिकित्सा शिक्षा आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले केहीबेरमा बालुवाटारमा आयोगको आकस्मिक बैठक बोलाएका हुन् । उक्त बैठकमा आवासीय चिकित्सकको उठाएका माग र पिजी सिटको बारेमा छलफल हुने एजेन्डा रहेको छ ।





