धबौली प्रीमियर लिग सिजन २ को उपाधी मलिवाडालाई, उत्कृस्ट कमन्टेटरमा इर्साद

|

माघ २४,महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-०६ मा जारी धबौलि प्रीमियर लिग टुर्नामेन्ट प्रतियोगितामा आज भएको अन्तिम खेल मलिवाडा र लिउरी क्रीकेट टिम बिच भएको छ।

खेलमा मलिवाडा २४ रनले बिजयी हासिल गरि उपाधी कब्जा गर्न सफल भएको छ। खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको मलिवाडाले निर्धारित २० ओभरमा जितको लागि १ सय ८२ रनको लक्ष्य दिएको थियो लक्ष्य पछ्याउँदै लिउरिको टिम १ सय ५७ रनमा अलाआउट भएका थिए ।

खेलको उत्कृष्ट खेलाडी तथा टुर्नामेन्ट्को उत्कृष्ट खेलाडी दिपक टु घोषित भएको थियो। खेलमा बिजेता टिमलाइ ट्रफी र नगद पुरस्कार रु २५ हजार र उप बिजेता टिमलाई ट्रफी र नगद रु ११ हजार ५ सय प्रदान गरिएको थियो ।

खेलमा प्रमुख अतिथिको रुपमा ज स पा का युवा नेता उज्ज्वल झा, स्थानिय नेता जिबछ मिश्रा, त्यस्तै अर्गनाइज समितीका अभिषेक झा, ॐ प्रकाश साह, राजन चौधरी सहितको उपस्तिथि रहेको थियो। आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेता झाले आयोजकहरुले राम्रो अनुशासन कायम राख्दै अनुकुल बाताबरणमा खेल सुरु गरि सम्पन्न गर्नुभएकोमा सम्पुर्ण आयोजक टिमलाइ धन्यवाद दिनु भयो। साथै रेडियो अप्पन मिथिलामा कार्यरत रहनु भएका उदघोषक तथा कमन्टेटर आर जे इर्सादको प्रशंसा गर्दै आर जे इर्साद एक्दमै राम्रो र उच्च बर्गका कमन्टेर हुनुहुन्छ उहाले प्रतियोगितामा आफ्नो शतप्रतिशत इफोर्ट दिएर कमेन्ट्री प्रस्तुत गर्दै सबैको माझमा उत्कृष्ट बन्न सफल हुनुभएको छ । खेलको सुरुवात देखि अन्त्य सम्म दर्शकहरुलाइ आफ्नो कलाकौशल प्रस्तुत गर्दै सम्पुर्ण खेलमा उद्घोषण तथा कमेन्ट्री गरि मनोरञ्जन दिएको कारण अर जे इर्साद लाई मोमताज स्पोर्ट्स द्वारा मायाको चिनो प्रदान गरिएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित