झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

|

माघ २२, डेस्क । झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली हान्दा एक भारतीय नागरिक घाइते भएका छन्।

झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाउँदा गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् ।

नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो ।

उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार, ६ राउण्ड गोली चलेकामा एक राउण्ड उनको खुट्टामा लागेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित