महोत्तरीको सरपल्लो ग्लोरी इङ्गलिस बोडिंग स्कुलमा धुमधामका साथ मनाइँदै सरस्वती पूजा

|

माघ २१, डेस्क । आज सोमबार धुमधामका साथ सरस्वती पूजा मनाइँदै छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

सरस्वतीको पूजा गरे पाठनसिद्धि हुने मान्यता रहँदै आएको छ। तर जानकारहरु भने सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभइ सरस्वती पूजाको दिनबाट पढाइ लगावप्रति संकल्प गर्नुपर्ने बताउँछन्।

महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर ६ सरपल्लोमा रहेको निजी विद्यालय (सर्पल्लो ग्लोरी इङ्गलिस बोडिंग स्कुल ) को प्रिन्सिपल कमलेश कुमार सहनी ज्यूको अनुसार सरस्वती पूजा गरेकै आधारमा फरर पढ्न आउने नभइ पढ्ने इच्छा जगाइदेऊ भनेर संकल्प गर्ने दिनको रुपमा सरस्वती पूजालाइ लिनुपर्ने बताउँछन्। विगत वर्षझैँ यस वर्ष पनि स्कुलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका उनले विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्ने तर पढ्न तर मन नलगाउने हो भने पूजाकै भरमा पढाइ पूरा नहुने बताए। सरस्वती पूजा संकल्प माग्ने उत्तम साइत हो। उनले ‘आजबाट मलाइ जाँगरपूर्वक पढ्ने शक्ति देऊ माता’भनेर पूजापाठ गर्ने र सोहि अनुसार पढाइप्रति लगाव लगाउने हो भने सरस्वती माता खुसी हुने बताए।

तर, पूजा गर्ने बित्तिकै पढ्न आइ हाल्छ भनेर पूजाका दिनबाट पुस्तक बन्द गरिदिने हो भने माता प्रसन्न हुन नसक्ने र पढाइ सिद्धिमा समस्या आउने उनले बताए। ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो।

त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनु नपर्ने मान्यता छ। सरस्वती पूजाको दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ। सरस्वती पूजाको दिन अक्षराम्भको उपयुक्त समयको रुपमा लिइन्छ। सरस्वती पूजाको दिनबाट अक्षराम्भ गरेका बालबालिकाका पढाइ जाँगर वृद्धि हुने मान्यता रहीआएको छ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित