माघ १५,जलेश्वर। मेयरकप मधेस प्रदेश लिग फुटबल प्रतियोगिता २०८१ को फाइनल मैच आज सप्तरी र बारा बिच भएको प्रतिस्पर्धा भब्यताका साथ जलेश्वर नगरपालिका २ स्थित जलेश्वर रंगशालामा सम्पन्न भएको छ ।
प्रतियोगिताताको अन्तिम फाइनल खेल बारा जिल्ला र सप्तरी जिल्ला बिच भएको खेलमा बारा जिल्ला २-० को अन्तरले उपाधी जितेका छन । बाराको तर्फ बाट खेलको २ मिनटमै १२ बाह्र नम्बरको जर्सिमा रहेका खेलाडी बिक्रम थोकरले गोल प्रहार गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने खेलको ५६औं मिनेटमा १४ नम्बरको जर्सिमा रहेका खेलाडी अन्जन बछारले दोस्रो गोल प्रहार गर्दै टिमलाई दुई गोलले अग्रता दिलाएका थिए तर सप्तरीको तर्फ बाट कुनै खेलाडिले गोल प्रहार गर्न सकेन। बिजेता टिमलाई ट्रफी र नगद रु.५०,००० (पचास हजार) त्यस्तै उपबिजेता टिमलाई ट्रफी र नगद रु. २५००० (पच्चिस हजार) प्रदान गरिएको छ।
यो पुरस्कार खेलाडी तथा टिमलाई उच्च हौसला प्रदान गरिएको निमित्त प्रदान गरिएको छ। साथै खेल खेलाडिकै हुन्छ प्रतियोगिता एकदमै रोचक रहेको अनुभव गरे सबै टिम आफुमा एकदमै राम्रो छ। प्रतियोगिताका संयोजक तथा मधेश प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष बिजय कुमार गुप्ताले जानकारी दिनुभयो ।
प्रतियोगिताको अन्तिम खेलमा प्रमुख अतिथिको रुपमा नेपाल फूटबल एसोसिएसन (एन्फा) का अध्यक्ष पंकज नेवाङ्ग, बिशिस्ट अतिथि जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, तथा अतिथिको रुपमा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, उपाध्यक्ष दावा लामा प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की, वरिष्ठ उपाध्यक्ष राजदेव साह, महासचिव दिपक साह, सञ्चारकर्मिहरु सहित हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
नगर प्रमुख सोनारले आफ्नो मन्तव्य राख्दै भने – यो प्रतियोगिताले नगरपालिका लगायत जिल्लालाई समेत राम्रो चिनारि प्रदान गरेको छ, साथै यो खेलमा भाग लिएका मधेस प्रदेश अन्तरगतका आठ (८) ओटै जिल्लाका उत्कृष्ट टिम तथा उत्कृष्ट खेलाडी छान्ने सुनौलो अवसर पनि रहेको देखिन्छ।






