माघ १४, डेस्क। स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पुरुष पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७५ हजार नगद रुपैयाँसहित चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिए हुन् ।
उनलाई हिजो आइतबार दिउँसो करिब ५ बजे पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ।





