माघ १३, डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
भोलि सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक आह्वान भएको बोलाएको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । कार्यवहाक प्रवक्ता रावलका अनुसार सचिवालय बैठकमा सात ओटा विषयमा छलफल हुनेछ । ‘समसामायिक राजनीति र पार्टी गतिविधि,सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषय छलफलका विषय तय भएका छन्’, रावलको भनाइ छ ।
त्यस्तै विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ। जसअन्तर्गत् विभाग सञ्चालन नियमावली २०८१, संशोधन प्रस्ताव, नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१ रहेका छन्।
तेस्रो कार्यसूचीमा सातै प्रदेशमा पदाधिकारीको नेतृत्वमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्नेबारे छलफल हुनेछ। चौथो कार्यसूची स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्धमा पनि सचिवालय बैठकले छलफल गर्दैछ। सरकारले आगामी माघ १८ गते हिउँदे अधिवेशन बोलाएको छ। आगामी संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर पनि सचिवालय बैठकले एजेन्डा बनाएको छ।





