माघ १०, डेस्क। आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।
जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो ।





