माघ ०९, डेस्क। टर्कीको एक स्की रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको टर्कीको गृह मन्त्रालयले जानकारी दिएका छन्। यस घटनामा मारिएका सबै मानिसहरुको पहिचान खुलेको छैन ।

टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको बताएका छन् । टर्कीका कानूनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् ।
पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन् । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।





