माघ ०८,जनकपुरधाम । चक्कु आक्रमणको घटनामा घाइते भएर अस्पतालमा उपचाररत बलिउड अभिनेता सैफ अली खान ५ दिनपछि डिस्चार्ज भएका छन् ।
१५ जनवरीको राति उनीमाथि चक्कु प्रहार भएको थियो, त्यसपछि उनलाई लिलावती अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट निस्कँदै गर्दा मंगलबार उनको पहिलो झलक पनि देखिएको छ ।






