माघ ४,काठमाडाैं। १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्।
धनकुटाको चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडालाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुजनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





