पुस २६,काठमाडाैं। मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ७ बजे बोलाएको मन्त्रिपरिषद् बैठक केहीबेर अगाडि शुरू भएको हो ।
प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न अप्ठ्यारो परेको भन्दै केही नेपाल ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।
उक्त भेटमा कानूनमन्त्री अजयकुमार चौरसिया र मुख्य सचिव एकनारायण अर्याल पनि सहभागी थिए ।
राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले अध्यादेशकै यसै विषयमा छलफल भएको बुझिएको छ ।





