पुष २३,जनकपुरधाम। चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाले ज्यान गुमाएको छ ।
तिब्बतको दिंगे आसपास केन्द्रबिन्दू ७ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएको छ।
भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। नेपालमा हालसम्म कुनै पनि क्षतिको विवरण प्राप्त नभएको नेपाल प्रहरीले जानकारी दिएको छ।






