सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

|

पुस १९, काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला दुई हजार बढेको हो ।

बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित