धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला,श्रीमान् पक्राउ

|

पुष ११,जनकपुरधाम। धनुषामा गाडिएको अवस्थामा एक महिलाको शव फेला

धनुषामा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका- ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको शव गाडिएको अवस्थामा भेटिएको हो ।

उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मंगलबारदेखि हराइरहेकी रेश्मीको खोजतलास गर्दै जाँदा बुधबार राती शौचालय पछाडि गाडिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।

रेश्मीको हत्या आरोपमा उनकै श्रीमान दशैयालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । गाडिएको अवस्थामा भेटिएको रेश्मीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित