बुधबार‍ (आज) घट्यो सुनको मूल्य

|

पुष ०३,जनकपुर। नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित