लुम्बिनी लायन्स माथि काठमान्डु गुर्खाजको रोमान्चक जित

|

मंसिर २६, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो चौथो खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको हो।

यससँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ । लिगमा काठमाडौं गुर्खाजले आज दोस्रो जित हात परेको छ। भने लुम्बिनी लायन्सले ६ ओटा खेल मध्य एउटा जित हातपरेको हो।

काठमान्डु गुर्खाजले टस जितेर पहिला ब्याटिङमा आएको गुर्खाजले १९.२ ओभरमा १० विकेट गुमाएर १०३ रन बनाएर १०४ रनको लक्ष्य लुम्बिनी लायन्सलाई दिएको थियो। लुम्बिनी लायन्सले १९.२ ओभरमा १० विकेट गुमाएर ८५ रन मात्र बनाएका हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित