मंसिर २६, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पाचौ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
आज बुधवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ०९ विकेट गुमाएर १२३ रन बनाएर १२४ रनको लक्ष्य दिएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि सैफ जैब २१, विनोद भण्डारी ३३, हर्मीत १, ब्रन्दोन ११, दिपेन्द्र ०, पाण्डे १७, आरिफ ६, स्कोत्त ७, नरेश ०९,नरिन ०३ र अभिनाष ०२ रन बनाएका छन्।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गरिरहेको छ ।
जनकपुर हालसम्म चार खेल खेल्दा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ भने त्यति नै खेल खेलेको सुदूरपश्चिम एकमा पराजित हुँदै दोस्रो स्थानमा रहेको छ ।दोस्रो खेलमा दिउँसो सवा १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।






