मंसिर २६, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १२. ३ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएको हो।
पहिलो विकेटका लागि ओपनर सैफ जैब २१, विनोद भण्डारी ३३, हर्मीत १, दिपेन्द्र ० रनमा आउट भएका छन्।






