गढीमाई मेलामा दर्शनार्थीको घुइँचो,सर्वसाधारणदेखि भारतका मन्त्रिसम्म

|

मंसिर २४,डेस्क। बारा जिल्लाको गढीनाई नगरपालिका १ बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड अहिले निकै बढेको छ । गत मंसिर १ गतेदेखि प्रारम्भ भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिलेसम्मकै उच्च भिडभाड भएको देखिएको छ । शनिवार बिहानैदेखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो लागेको थियो । देश विदेशबाट लाखौंको संख्यामा गढीमाई माताको दर्शन गर्न आएका दर्शनार्थीको भिड शनिवार बिहानैदेखि लागेको थियो ।

विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले पनि देश विदेशबाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको मेला मुल व्यवस्थापन समितिले जनाएको छ । यस वर्षको मेलामा करिब तीन करोड दर्शनार्थीले मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।

मेलामा मंसिर २३ गते अर्थात हिजो आईतवार विशेष पूजा सम्पन्न भएपछि पशु बलि दिन थालिएको मेला मुल व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् । यस वर्षको गढीमाई मेलामा अब दर्शनार्थी आउने क्रम प्रारम्भ भएकोले भिडभाड बढेको नगर प्रमुख यादवको भनाइ छ ।

टाढाबाट आउने दर्शनार्थीहरुको बास, खाना लगायतको व्यवस्थापनमा मेला समितिले कुनै कसर बाँकी नराखेकोले दर्शनार्थीहरुलाई मेला अवलोकन गर्नमा सहज भएको देखिएको छ । शनिवार बिदा भएकोले अरु दिनको तुलनामा दर्शनार्थीहरुको बढी घुइँचो लागेको थियो । गढीमाई मन्दिरका मुल पूजारीले नर बलि दिएपछि मात्र गढीमाई मेलामा पशु बलि दिइने मेला मुल व्यवस्थापन समितिले जनाएको छ ।

अहिले पशु बलिको लागि मेलामा करिब २ हजार राँगा आईसकेका छन् भने अझै राँगा आउने क्रम जारी रहेको बलि व्यब्यवस्थापन उपसमितिले जनाएको छ । विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच वर्षमा लाग्ने गर्छ ।

गत मंसिर १ गतेदेखि प्रारम्भ भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित