मङ्सिर २३, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो चौथो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।
आज आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ०९ विकेट गुमाएर १३६ रन बनाएर १३७ रनको लक्ष्य दिएको हो ।
जनकपुर बोल्टस्का लागि अनिल साहले ४५, आसिफले १६, मिलान्था २४, जेम्स निसम १ , हर्ष ठाकेर १, शुभ २२, हेमत ९ रन बनाएका छन्।







