मंसिर २२, जनकपुरधाम। जनकपुरधाममा ३५ जोडी वरवधुको सामूहिक विवाह गराएको छ।
रामजानकी विवाह उत्सव सकिएलगत्तै सनिवार साँझ जनकपुरधाममा सामूहिक विवाहको अर्को सुन्दर दृश्य देखिएको छ।
विश्व हिन्दु परिषद्ले जनकपुरधाममा ३५ जोडी वरवधुको सामूहिक विवाह सम्पन्न गराएसँगै विवाह पञ्चमीको रौनकतालाई झनै बढाएको छ।
भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ।
विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, लगायतका आवश्यक पर्ने सबै सामग्रीहरू परिषद्ले निःशुल्क रूपमा उपलब्ध गराएको छ। विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गर्ने काम भएको छ।
विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो ।





