‘पुष्पा २ द रुल’ ले पहिलो दिन नै १७५ करोड भन्दा बढी कमायो

|

मङ्सिर २१, डेस्क। दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनिय गरेको फिल्म ‘पुष्पा २ द रुल’ डिसेम्बर ५ तारिकमा रिलिज भएको छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै ‘पुष्पा २ द रुल’ फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।

फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ । योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित