मंसिर २०, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।
आज बिहिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रन बनाएको हो ।
खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।






