एनपीएलमा काठमाडौं गुर्खाजको पहिलो जित

|

मंसिर १९, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित हात परेको छ। आज बुधवार भएको खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ। यो सँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग लिगको दुई खेल मध्ये दुवै मा पराजित भएका छन्।

कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभर मा ७ विकेट गुमाएर जित हासिल गरेको छ। गुर्खाजका लागि जेरार्ड इरासमसले ३८, करण केसीले २८ र माइकल लेभिटले २२ रन बनाउँदा अविजित रहँदै सुमित महर्जनले ४० रन जोडेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित