बढ्यो सुनचाँदीको मुल्य

|

मंसिर १९, डेस्क। आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो।

सुन हिजो प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य पनि ३ ० रुपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित