आज देखि सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन हुदैँ

|

मङ्सिर १६, डेस्क। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा परम्परा अनुसार सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहपूर्वक शुरु भएको छ ।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन मंसिर २२ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताएका हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित