घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

|

मङ्सिर १६, डेस्क। आज आइतवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित