निस्वार्थ भावनाले धर्मको रक्षा गर्ने देबिको चर्चा घर देखि पान पसल सम्म

|

मंसिर ०४,रौतहट। हाम्रा पुर्वजहरुले मानेका धेरै सभ्यता /संस्कृति लोप हुँदै गएका छन् । ब्यस्त जिवन र बदलिदो समयमा युवा देखि समाजका अगुवा लगायत जनप्रतिनिधिहरु सबै आ-आफ्नो काममा ब्यस्त छन् ।

आफ्नो धर्म ,संस्कृति जगेर्नाको रक्षाको लागि खट्ने र सोच्ने ब्यक्तिको कमि हुन थालेका छन् । धर्मको नाममा डलर कमाउने र आफ्नो भवन ठडयाउनेको बिगबिगि बढेको छ।

समाजमा बिदेशी र शहरीया जिवन शैली अपनाउने फैसन चलेको छ।तर पछिल्लो समय हिन्दु धर्म संस्कृति र रितिरिवाजको रक्षाका लागि खटेर रौतहटको गौर नपाको स्थानीय एक युवा नगरमै लोकप्रीय एवं चर्चाको पात्र बन्न सफल हुनु भएका छन् ।

उहाँ हुन् गौर -३ का देबी अधिकारी। उहाँलाई युवाहरुले “देबी दादा “भन्न मन पराउछन् ।

लोकप्रीय युवा देबी सनातन धर्म संस्कृतिको रक्षाको कुरा होस् या कसैलाई दु:ख पर्दा सहयोगको काममा होस् सक्दो समय देखि सक्दो सहयोग गरेर सबैको प्यारो बनेका हुन् ।

ईतिहासमा मधेस आन्दोलन देखि जनताको हितमा भएका विभिन्न आन्दोलनमा पसिना बगाएका देबी अहिले समाज सेवा देखि सनातन धर्मको रक्षाको काममा खुब मेहनत गर्न मन पराउछन् ।

खासगरी तराईमा दशैको समयमा ९ दिन सम्म चल्ने दुर्गापुजालाई गौरको बिपि चोकमा आफ्नै अध्यक्षतामा सभ्य ,भब्य एवं पार्दर्शी हिसाबले समपन्न गराई स्थानीयको मन जितेका लोकप्रीय युवा देबी अधिकारीले अर्को उदारहनिय काम गरेर युवा देखि समाजको अगुवाहरुको मन प्रशन्न र उत्साहित बनाएका छन् ।

२०/२५ बर्स पहिला गौरको बिपि चोकमा महाबिरी झणडा लाग्ने गरेको थियो। भगवान हनुमानको पुजा स्वरुप लाग्ने झण्डा लागेको २५ बर्स पछि युवा देबी अधिकारीले पुनः झण्डा मेला लगाई चर्चाको पात्र बन्न सफल भएका हुन् ।

बिना लोभ- लालच ,निस्वार्थ भावनाले एक /एक हिसाब पार्दशी गरि नगरको अधिकान्श युवाहरुलाई समेटेर २५ बर्स अघिको ईतिहास फर्काएका देबीको सराहना चर्चा नहुने दिन नै छैन ।

आजभोली गौरको विभिन्न चोक ,पान पसल होस् या चिया पसल देबीको नाम चर्चामा आईहाल्छ।

गौर होस् या कुनै ठाउँ देबी जस्तो युवाको खाचो रहेको यस्ता युवाहरुबाट नै समाजलाई बिकसित र समृद बनाउन सकिने गौरका बुद्धिजीवीहरुको भनाई छ।

साचो मन हुनु पर्छ असम्भव केहि छैन भन्दै युवा अधिकारीले आफ्नो ब्यक्तिगत काम काज संगै आफ्नो धर्म /संस्कृति र सभ्यताको रक्षा लगायत समाजसेवा वा विभिन्न बिकास निर्माणका लागि सबै युवाहरु आ-आफ्नो समाज र ठाउँमा जागरुग भई लाग्नु पर्ने बताउँछन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित