राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० घाइते

|

कार्तिक १३,डेस्क। भारतको राजस्थान राज्यमा मंगलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्‍याएका थिए ।

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

भारतमा सडक दुर्घटनाहरू सामान्य छन् । मुख्यतया ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाही ड्राइभिङका कारण दुर्घटना हुने गर्दछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित