नेपाल-भारत सीमा क्षेत्रमा गोली प्रहार: एक नेपाली नागरिक घाइते,

|

आसोज २८ , डेस्क। बर्दिया जिल्लाको सदरमुकाम गुलरिया–८ नजिकै नेपाल-भारत सिमानामा आइतबार राति भएको गोलीकाण्डमा एक नेपाली नागरिक घाइते भएका छन्।

राति करिब ७ बजे खेतमा काम गरिरहेका गुलरिया-८ आशापुरका बलराम लोधमाथि गोली चलाइएको सशस्त्र प्रहरी बल ३१ नम्बर गण, बर्दियाले जानकारी दिएको छ।

घटना राति ८ बजे लोधका आफन्तले प्रहरीलाई खबर गरेका थिए। घाइते लोधलाई तुरुन्तै उपचारका लागि जिल्ला अस्पताल, गुलरिया पुर्याइएको थियो, तर गम्भीर अवस्थामा रहेका कारण उनलाई बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरी स्रोतले बताएको छ।

प्रहरीका अनुसार गोली कसले प्रहार गर्‍यो भन्नेबारे अनुसन्धान जारी छ। घाइते लोधले भने भारतीय वनकर्मीले आफूमाथि गोली चलाएको बताएका छन्। लोधको ढाडमा गोलीका छर्रा लागेको प्रहरीले जनाएका छन्।

घटनाको थप छानबिन भइरहेको हुँदा गोली कसले र किन चलायो भन्नेबारे अहिलेसम्म स्पष्ट हुन नसकेको प्रहरीको भनाइ छ।

चर्चित समाचार


भर्खरै प्रकाशित