बारा : बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४३ जना घाइते

|

भाद्र ३१,डेस्क। बाराको निजगढ नगरपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने ४३ जना घाइते भएका थिए।

हिजो आइतबार मध्यराति निजगढ नगरपालिका वडा नम्बर ८ स्थित सडकमा ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। मृत्युहुनेमा दाङ गढवा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चेतन राय यादव रहेका छन्।

घाइतेहरूमध्ये ८ जनालाई उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको थियो। जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। बाँकी ३५ जनाको निजगढ प्रसूति अस्पताल र सिटी अस्पतालमा उपचार भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित