भाद्र ३०, डेस्क। जनकपुरधाम उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा मनोज कुमार साह निर्वाचित भएका छन् ।
केहीबेर अगाडि सम्पन्न भएको मतगणनाअनुसार बरिष्ठ उपाध्यक्ष पदमा जम्मा ३५७० मत खसेको थियो, ती मध्य मनोज कुमारले १८११ मत प्राप्त गरेर उनि विजय प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अम्भु प्रसाद साहले ११२६ तथा विकाश चौधरीले ५५० मत पाएका छन् । भने ८३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।
आफ्ना प्रतिद्धन्द्धी अम्भु प्रसाद साहलाई ६८५ मतले पराजित गर्दै मनोज कुमार साह भएका छन् ।






