सुनको मुल्यले रेकर्ड माथि रेकर्ड बनाउदै, आज कति ?

|

भाद्र ३०, डेस्क। आज (आइतबार) फेरी नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित